पसलको दैनिक हिसाब र महिनाको नाफा कसरी निकाल्ने?

दिनभरिको बिक्री र खर्च दिमागमा मात्र राख्दा महिनाको अन्त्यमा नाफा भयो कि घाटा, थाहै हुँदैन। माल किनेको पैसा सबै खर्चजस्तो देखिन्छ, तर पसलमै रहेको माल त तपाईंकै सम्पत्ति हो। बीज खातामा हरेक कारोबार राखेपछि दैनिक कमाइ र महिनाको खास नाफा आफैं निस्कन्छ।

दिनभरि के राख्ने

  1. 1बिक्री भएपछि "+ पैसा आयो" थिचेर सामान, रकम र नगद/बैंक/QR छान्नुहोस्।
  2. 2माल किन्दा, भाडा, तलब, बिजुली वा चियाको खर्च "− पैसा गयो" मा राख्नुहोस्।
  3. 3एकै पटक धेरै कारोबार राख्नु छ भने "सेभ गरी अर्को थप्नुहोस्" थिच्नुहोस्; सामान र मिति उही रहन्छ, रकम मात्र बदल्नुहोस्।
  4. 4एक पटक मात्र हुने खर्चका लागि नयाँ सामान नबनाउनुहोस्: नाम लेखेर "एक पटक मात्र" थिच्नुहोस्।

आजको र यो महिनाको कमाइ हेर्न

  1. 1"रिपोर्ट → दैनिक" खोल्नुहोस्: महिनाको हरेक दिनको कमाइ र खर्च चित्रसहित देखिन्छ।
  2. 2कुनै दिन थिचे त्यस दिनका सबै कारोबार देखिन्छन्।
  3. 3माथि दिनको औसत कमाइ, सबैभन्दा राम्रो दिन, र अघिल्लो महिनासँगको तुलना देखिन्छ।

महिनाको खास नाफा निकाल्न

नाफा = बिक्री − बेचेको मालको लागत − पसलको खर्च। माल किनेको तर नबिकेको भए त्यो घाटा होइन, मौज्दात हो।

त्यसैले महिनाको अन्त्यमा "रिपोर्ट → नाफा-नोक्सान" मा पसलमा रहेको सबै मालको किनेकै भाउअनुसारको मूल्य "मौज्दातको मूल्य" मा लेख्नुहोस्। अर्को महिनाको सुरुको मौज्दात आफैं भरिन्छ, र नाफा खास बेचेको मालअनुसार निस्कन्छ।

सुझाव

  • घरखर्च पनि राख्ने हो भने "घर" छानेर राख्नुहोस्; पसलको नाफामा मिसिँदैन, तर हातको पैसामा मिल्छ।
  • "रिपोर्ट → समग्र" मा पसलको नाफा र घरको खर्च मिलाएर महिनामा कति बच्यो देखिन्छ।
  • गहना पसलले सुन–चाँदी किन्दा र बेच्दा तौल पनि ग्राम वा तोलामा राख्न सक्छ।

बीज खाता निःशुल्क चलाएर हेर्नुहोस्

फोनको ब्राउजरमा खोल्नुहोस् र होम स्क्रिनमा राख्नुहोस्। इन्टरनेट नभए पनि चल्छ।

बीज खाता खोल्नुहोस् ↗

बीज खाताबारे थप पढ्नुहोस् →

Chat on WhatsApp